Logo

मुक्तिनाथ विकास बैंकले गर्याे २ सम्झौता, अस्पतालको सेवामा विशेष छुट

मुक्तिनाथ विकास बैंकले गर्याे २ सम्झौता, अस्पतालको सेवामा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजिवनी अस्पताल तथा आईभिएफ सेन्टरसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे हो । उक्त सम्झौता पत्रमा संजिवनी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन ।

बैंकले विराटनगरकै विराट आँखा अस्पतालसँग पनि बैंकका ग्राहकहरुलाई तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा विराट आँखा अस्पतालका प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL