Logo

ग्लोबल आइएमई बैंकको सेवा दैनिक १२ घण्टा, बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला

ग्लोबल आइएमई बैंकको सेवा दैनिक १२ घण्टा, बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला



काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्नो सेवा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म प्रवाह गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।

आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने बैंकले जानकारी दिएको छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जानकारी दिएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL