Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै ग्लोबल आइएमई बैंक, एकैदिन ३ नयाँ शाखा सञ्चालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै ग्लोबल आइएमई बैंक, एकैदिन ३ नयाँ शाखा सञ्चालनमा



काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैचोटी ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गर्दै धनकुटा, सोलुखुम्बु र खोटोङ जिल्लामा नयाँ शाखा संचालनमा ल्याएको हो ।

बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६, नयाँ बजार र खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नंं. १, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ४० पुगेको छ । बैंकले हाल १ सय ४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, १ सय ४८ एटिएम, १ सय ७९ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL