काठमाडौं । मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त, कमलपोखरीलाई हरित बगैंचा हस्तान्तरण गरेको छ । बैंकले मंगलबार आफ्नो सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका महानगरीय प्रहरी वृत्त कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौरमा बनाएको उक्त वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको हो ।
यसका साथै बैंकले १ हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र नाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
मुक्तिनाथ विकास बैंक देशैभरी १ सय १८ वटा शाखा, २२ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।