Logo

ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क नलाग्ने

ग्लोबल आइएमई बैंकको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क नलाग्ने



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने गरी बैंकले शुल्क मिनाहा गरेको हो ।

बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।
यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजा क्रेडिट कार्ड प्रयोग गरी होटल बुकिङ तथा सपिङ गर्दा लाग्ने शुल्कमा समेत पूर्ण छुट दिएको बैैंकले जनाएको छ । साथै बैंकले एक महिनाभित्र भिजा डेबिट कार्डबाट समेत अनलाइन भुक्तानीको व्यवस्था गर्न गइरहेको बताएको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL