Logo

मुक्तिनाथ विकास बैंकको २० बर्षे आवास कर्जा, धितो सेयरमा ६५ प्रतिशत सम्म ऋण

मुक्तिनाथ विकास बैंकको २० बर्षे आवास कर्जा, धितो सेयरमा ६५ प्रतिशत सम्म ऋण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आवास कर्जा संचालनमा ल्याएको छ ।

बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता’ नारा सहति घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्नलगायतका लागि आवास कर्जा संचालनमा ल्याएको हो ।

आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिने बैंकले जानकारी दिएको छ । साथै बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा समेत सञ्चालनमा ल्याएको छ । धितो राखेको सेयरको ६५ प्रतिशत सम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।

बैंकले १ सय १९ शाखा, २५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा, रेमिटान्स सेवा, बंैकान्स्योरेन्स, आस्वा, मोबाइल बंैकिङलगायतका सेवा समेत प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL