Logo

ग्लोबल आईएमई बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, यस्तो छ प्रति सेयर आम्दानी

ग्लोबल आईएमई बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, यस्तो छ प्रति सेयर आम्दानी



काठमाडौं । आर्थिक बर्ष २०७५/७६ मा ग्लोबल आईएमई बैंकले आफ्नो नाफा ३३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आबमा २ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । जबकि बैंकले अघिल्लो आबमा २ अर्ब १०करोड रुपैयाँ मात्र खुद मुनाफा गरेको थियो ।

सो अबधिमा बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा बैंकले ५ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कुल १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको जगेडा कोषमा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

हाल बैंकको स्प्रेडदर ४.४७ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २७ रुपैयाँ ११ रुपैयाँ रहेको छ । आधार ब्याज दर ९.५४ प्रतिशतमा झारेको छ । साथै बैंकको खराब कर्जा पनि घटेर कुल कर्जा प्रबाहको शुन्य दशलमव ५५ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL