Logo

ग्लोबल आइएमई बैंकको ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा, ३ दिनभित्रै उपलब्ध

ग्लोबल आइएमई बैंकको ९.९९ प्रतिशत ब्याजदरमै घरकर्जा, ३ दिनभित्रै उपलब्ध



काठमाडौं । ग्लोबल आइएमई बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार एक सुचना जारी गर्दै घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गर्नेगरी उक्त योजना सार्वजनिक गरेको हो ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको जानकारी दिएको छ ।

उक्त योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

बैंकले हाल १ सय ३८ वटा शाखा, २८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, १ सय ४८ एटिएम, १ सय ७१ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL