Logo

सानिमा बैंकले कमायो २ अर्ब २४ करोड मुनाफा, यस्तो छ प्रति सेयर आम्दानी

सानिमा बैंकले कमायो २ अर्ब २४ करोड मुनाफा, यस्तो छ प्रति सेयर आम्दानी



काठमाडौं । सानिमा बैंकले आर्थिक बर्ष २०७५/७६ मा २ अर्ब २४ करोड नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आबको तुलनामा ३२ दशमलव ५४ प्रतिशतले बढि हो । बैंकले आब २०७५/७६ मा १ अर्ब ६८ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षमा ८ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड रुपैंयाँ रहेको छ । बैंकले असार मसान्तसम्ममा ८९ अर्ब निक्षेप संकलन गरी ८१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

बैंकको खराब कर्जा शुन्य शदमलव ०८ प्रतिशत मात्रै रहेको छ । बैंकको स्प्रेड दर ४.३५ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २८.०४ रुपैंयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL