काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हबि अटो ट्रेडिङ्गबीच सम्झौता भएको छ । सम्झौता पछि गाडी खरिदका लागि बैंकले कर्जा सेवा उपलब्ध गराउने भएको छ ।
बैंकका सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्गका अध्यक्ष उमेश नारायण मानन्धरले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
बैंकले भारतको प्रसिद्ध इस्र्कार्ट कम्पनीको ब्राण्डका बैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ्गबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरिद रकमको ७० प्रतिशत सम्म बैंकको सम्पूर्ण शाखामार्फत ऋण लिन सक्नेछन ।