Logo

एनआईसी एशिया बैंकले पायो बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, सेवातर्फ र्याडिशन होटल

एनआईसी एशिया बैंकले पायो बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, सेवातर्फ र्याडिशन होटल



काठमाडौं । एनआईसी एशिया बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड हात पारेको छ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान) ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये बैंकको प्रतिवेदनलाई उक्त अवार्ड प्रदान गरेको हो ।

आईक्यानको मंगलबार नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त अवार्ड प्रदान गरेका हुन । बाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका हुन ।

यस्तै वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप अर्थात दोश्रो स्थानमा एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो स्थानमा सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका छन ।

विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनरअप भने फष्र्ट माइक्रोफाइनान्स भएको छ ।

त्यसैगरी उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनीले उक्त अवार्ड हात पारेको छ । सेवामूलकतर्फ भने र्याडिशन होटलले र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL