Logo

एनआईसी एशिया बैंक र पोखराका होटल तथा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट

एनआईसी एशिया बैंक र पोखराका होटल तथा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट



काठमाडैं । एनआईसी एशिया बैंक र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा पोखराबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीका प्रबन्ध निर्देशक रोशन खवासले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

त्यसतै बैंकले टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखरासाग पनि सम्झौता गरेको छ । उक्त रिर्सोटसँगको सम्झौता अनुसार बैंकका ग्राहकलाई १५ प्रतिशत सम्म छुट पाउने भएको छ । बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेका छन ।

बैंकले २९२ शाखा, ३०२ एटिएम, ५१ एक्सटेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL