काठमाडौं । सिभिल बैंकले झापाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बैंकका संचालक प्रकाश तायलले उद्घाटन गरेका हुन ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको विस्तारित शाखाले थप टेवा पुर्याउने बताए ।
बैंकले ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु समेत ल्याउने भएको छ । बैंकले स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने भएको छ ।