काठमाडौं । प्रभु बैंकले चितवनको खैरहनी नगरपालिका ८ पर्सा बजारमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणी चौधरीले उद्घाटन गरेका हुन ।
कार्यक्रममो बोल्दै नगर प्रमुख चौधरीले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा सञ्चालनमा ल्याएर सर्वसाधारणलाई अत्याधुनिक प्रविधि सहितको बैंकिङ सेवा विस्तार गरेकोमा खुसी ब्यक्त गरेका छन ।
बैंकको विस्तारित शाखा सँगै कुल शाखा संख्या १ सय ८९ पुगेको छ ।