काठमाडौं । एनआईसी एशिया बैंकले मोरङको विराटनगर महानगरपालिका ७ गोल्छा चोकमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त काउण्टरको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उद्घाटन गरेका छन ।
बैंकले २ सय ९२ शाखा, ३ सय २ एटिएम, ५० एक्सटेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।