Logo

एनआईसी एशियाले जारी गर्याे ४ अर्बको ऋणपत्र, बार्षिक ब्याजदर १०.२५

एनआईसी एशियाले जारी गर्याे ४ अर्बको ऋणपत्र, बार्षिक ब्याजदर १०.२५



काठमाडौं । एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी जारी गरेको छ । बैंकले सोमबार ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको हो । १० दशमलव २५ प्रतिशत वार्षिक ब्याजदर रहेको उक्त ऋणपत्र १ हजार प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको ४ अर्ब ४० करोड बराबरको हो ।

उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने बैंकले जानकारी दिएको छ । ऋणपत्रको निष्काशन रकम ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिने बैंकले जानकारी दिएको छ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । उक्त ऋणपत्र बिहीबारदेखि सर्वसाधारणको लागि विक्री खुला गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL