काठमाडौं । कामना सेवा विकास बैंकले म्याग्दीको बेनी बजार र नवलपरासीको बेल्डिहामा शाखा विस्तार गरेको छ ।
बैंकले विस्तार गरेको बेनी शाखाको बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले उद्घाटन गरेका छन भने बेल्डिहा शाखाको गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंक सञ्चालक भीम प्रसाद तुलाचनले उद्घाटन गरेका हुन ।
बैंकले ९६ शाखा तथा ४५ एटिएम ममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट, मोबाईल बैंकिङलगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।