Logo

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, खराब कर्जा उठौतीमा प्रगति

माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, खराब कर्जा उठौतीमा प्रगति



काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३६ प्रतिशतले वृद्धि गरेको गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ७० करोड रुपैयाँ नाफा गर्दै आफ्नो नाफामा ३६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो बर्ष बैंकले १ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको थियो ।

सो अबधिमा बैंकको निक्षेप संकलन १७ दशमलव ५५ प्रतिशतले बढ्दा कर्जा प्रवाह १५ दशमलव ६९ प्रतिशतले वृद्धि गरेको छ । हालसम्म बैंकले ८५ अर्ब १९ करोड रुपैया निक्षेप संकलन गरि ७२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

सो अबधिमा बैंकले आफ्नो खराब कर्जाको दर पनि घटाएको छ । अघिल्लो बर्षको बैंकको खराव कर्जा शुन्य ४४ प्रतिशत रहेको शुन्य शदमलव ३७ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया दिनुहोस्