Logo

ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता, बैंकमार्फत ब्यवसायीलाई कर्जा

ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता, बैंकमार्फत ब्यवसायीलाई कर्जा



काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल फलफूल थोक व्यवसायी संघबीच सम्झौता भएको छ । बैंकले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायी संघसँग सम्झौता गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाका भरतप्रसाद खतिवडाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै ग्लोबल आइएमई बंैक र फलपूmल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाबीचको सामिप्यता अझै बढ्ने बताएका छन ।

सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थामा आबद्घ करिब ७ सय फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL