काठमाडौं । प्रभु बैंकले प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ बचत खातामा औषधि उपचार र दुर्घटना बीमा योजना सञ्चालनमा ल्याएको छ ।
यो सुविधाको माध्यमबाट प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तरगत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताहरुको औषधोपचार बीमा बापत ३ लाख रुपैयाँ र दुर्घटना बीमा बापत १ करोड रुपैयाँ सम्मको जोखिम बैंकले वहन गर्नेछ ।
बैंकले सञ्चालनमा ल्याएको यस बीमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तरगत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पछि बीमा दावी गर्नसक्ने छन ।
साथै दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत रकम परिवारले बीमा दावी गरी लाभान्वित हुने बैंकले बिश्वास लिएको छ । उक्त योजनाहरु साउन १ गते देखी लागू हुने बैंकले जानकारी दिएको छ ।