काठमाडौं । कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीच सम्झौता भएको छ ।
सम्झौता पछि आइएमइ मोटर्समार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सम्पूर्ण शाखाबाट अशोक लैंलेण्डका विभिन्न सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्सका कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सो सम्झौतामा हस्ताक्षेर गरेका छन ।
बैंकले ९४ शाखा तथा ४५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले सिआश्वा, एसएमएस, मोबाईल बैंकिङको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।