Logo

एनआईसी एशिया बैंक र मेघा अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशत छुट

एनआईसी एशिया बैंक र मेघा अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र मेघा अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकहरुले अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट पाउने भएको छ ।

बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र अस्पतालका अध्यक्ष किशोर जंग राणाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले २९२ शाखा, ३०२ एटिएम, ४७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL