Logo

एनआईसी एशिया बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा साढे ७ प्रतिशत छुट

एनआईसी एशिया बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा साढे ७ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र ग्राण्डी अन्तररष्ट्रिय अस्पताल धापासीबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकहरुलाई अस्पतालमा स्वास्थ्य उपचार गराउँदा साढे ७ प्रतिशत सम्मको छुट पाउने भएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

बैंकले २ सय ९१ शाखा, ३ सय २ एटिएम, ४७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL