काठमाडौं । मेगा बैंक नेपालले एकैपटक तीन देशमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।
बैंकले आफ्नो रेमिट सेवा हङकङ, युएई र जोर्डनमा विस्तार गरेको हो । उक्त सेवा हङकङमा विस्तार गरेसँगै हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् ।
यस्तै युएईबाट सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्ज सँग मेगा बैंकले सम्झौता गरेको हो ।
हङकङको ई–पे लिमिटेड, युएईको सराफ एक्सचेन्ज र जोर्डनको अल अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंक र देशभर छरिएका मेगा बैंकका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ ।