काठमाडौं । ग्लोबल आईएमई बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले साउन १४ गतेको लागि विशेष साधारणसभा बोलाएको हो ।
बैंकले हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो ।
सो साधारणलेसभाले फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने भएको छ ।
साथै बैंकले हाथवेलाई एक्विजिशन गरेपश्चात चुक्ता पूँजी वृद्धि हुने हुँदा सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।
एकिकृत कारोबारको अन्तिम चरणमा रहेको ग्लोबल र हाथवेले सोही दिन एक्विजिशन सम्बन्धी सम्पूर्ण प्रक्रिया टुङ्ग्याउने भएको छ ।