काठमाडौं । प्रभु बैंकले हुम्लाको खार्पुनाथ गाउँपालिका ५ खार्पुनाथमा शाखा विस्तार गरेको छ ।
बैंकले विस्तार गरेको उक्त शाखाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले उद्घाटन गरेका छन ।
विस्तारित शाखामार्फत सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने अध्यक्ष रावलले जानकारी दिएका छन ।
बैंकले १ सय ८७ शाखा, १ सय ५० एटिएम र २३ एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्दै आईरहेको छ ।