Logo

एनआईसी एशियाको एकैदिन तीनवटा शाखारहित बैंकिङ सेवा विस्तार

एनआईसी एशियाको एकैदिन तीनवटा शाखारहित बैंकिङ सेवा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन विभिन्न ३ स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं. २, अमरदहमा आफ्नो क्रमशः ३८ औं, ३९ औंं र ४० औंं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ सेवाको उद्घाटन अर्जुनधारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रघुनाथ खनालले गरेका हुन उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ ।

यसैगरीे मोग्लाह शाखारहित बैंकिङ सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले गरेका हुन उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानलाई नियुक्त गरिएको छ ।

त्यस्तै अमरदह शाखारहित बैंकिङ सेवाको उद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरेका हुन । जुन सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन ।

यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्