काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन ६ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले आईतबार विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडांंै जिल्लामा २, ललितपुर जिल्लामा २, गोरखा जिल्लामा १ र गुल्मीमा १ गरी विभिन्न ६ नयाँ शाखा संचालनमा ल्याएको हो ।
बैंकले काठमाडौंको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको छ ।
टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन भने कीर्तिपुर शाखाको उद्घाटन किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका हुन ।
यस्तै बाडेगाउँ शाखाको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले, इमाडोल शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले, गोरखा शाखाको उद्घाटन गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले तथा तम्घास शाखाको समुद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेका हुन ।
मुक्तिनाथ विकास बैंक देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएम तथा ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।