Logo

ग्लोबल आईएमई र जनता बैंकबीच जुट्यो सहमति, मर्जरमा जान सम्झौतामा हस्ताक्षर

ग्लोबल आईएमई र जनता बैंकबीच जुट्यो सहमति, मर्जरमा जान सम्झौतामा हस्ताक्षर



काठमाडौं । ग्लोबल आईएमई बैंकले जनता बैंकलाई गाभ्ने गरी सहमति भएको छ । सांग्रीला होटलमा आयोजना गरिएको एक कार्यक्रममा ग्लोबल आईएमई बैंक र जनता बैंकबीच गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल राष्ट्र बैंकले छिट्टै नै आ–आफ्नो जोडी खोज्नका लागि बैंकहरुलाई निर्देशन दिएपछि मेगा बैंकसँग कुरा चलाएको ग्लोबलले जनता बैंकलाई गाभ्ने निर्णय गरेको हो ।

जनता बैंकलाई गाभेपछि बैंकको नाम ग्लोबल आईएमई बैंक नै रहने र सिईओमा भने जनता बैंकका पर्शुराम कँुवर क्षेत्री रहने भएका छन ।

global-ime-janata-bank-merger

यस्तै बैंकको बरिष्ठ डेपुटी सिईओमा भने महेश ढकाल रहने भएका छन । प्रारम्भिक सम्झौता अनुसार जनता बैंकका शेयरधनीले एक सय कित्ता बराबर ग्लोबल आइएमईको ८५ कित्ता शेयर पाउने बताइएको छ ।

तर, सम्पत्ती तथा दायित्व मूल्याङ्कन (डिडिए) रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL