Logo

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, शान्तिघाट पोखरामा शवदाहगृह मेशीन स्थापना

एभरेष्ट बैंकको सामाजिक उत्तरदायित्व, शान्तिघाट पोखरामा शवदाहगृह मेशीन स्थापना



काठमाडौं । एभरेष्ट बैंकले शान्तिघाट पोखरामा शवदाहगृह प्रणाली स्थापना गरेको छ ।

मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समय अवधि पनि कम गर्दछ । यसले २५० केजीभन्दा बढि प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठलाई जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ ।

यस प्रणालीमा चिसो स्क्रबरको माध्यमबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपूर्ण वायू प्रदूषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नुअघि हटाउछ र प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउँछ । उक्त मेशीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पोखरा महानगरपालिकाका उममेयरको सहभागितामा मान बहादुर जिसीलाई हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

निर्देशक तथा ईबीएल सीएसआर समितिका अध्यक्ष डा. बाल गोपाल बैद्य, समितिका सदस्य डा. गणेश गुरुङ तथा बैंकका डेपूटी जनरल म्यानेजर राजीव जैनले सो मेशीन हस्तान्तरण गरेका हुन । बैंकले ९४ शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL