Logo

नेपाल एसबिआई बैंकको अध्यक्षमा सत्यनारायण, आजै पदभार ग्रहण

नेपाल एसबिआई बैंकको अध्यक्षमा सत्यनारायण, आजै पदभार ग्रहण



काठमाडौं । नेपाल एसबिआई बैंक संचालक समितिको अध्यक्षमा बिआरएस सत्यनारायणलाई नियुक्त गरेका छन । समितिको बिहीबार बसेको संचालक समितिको बैठकले सत्यनारायणलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष सत्यनारायण यस अघि बैंकको मुम्बई स्थित प्रधान कार्यालयको अन्तरराष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रहेका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

प्रतिक्रिया दिनुहोस्