काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा रेमिट’ सेवालाई बेलायतमा विस्तार गरेको छ । मेगा रेमिट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा बैंकले बेलायतमा रेमिटान्स सेवा विस्तार गरेको हो ।
बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमिटान्स भित्र्याउन लागेको बैंकले जानकारी दिएको छ ।
साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने बैंकको विश्वास रहेको छ । बेलायतबाट पठाएको रकम बैंकका सम्पूर्ण शाखामार्फत भुक्तानी लिन सकिनेछ ।