काठमाडौं । नबिल बैंकले आफ्नो सेयर संरचना परिमार्जन गरेको छ । बैंकले आफ्नो संस्थापक सेयरको संख्या घटाउँदै सेयर संरचना परिमार्जन गरेको हो । सेयर संरचना परिमार्जनसँगै बैंकको संस्थापक र साधारण सेयरधनीको सेयर ६०ः४० को अनुपातमा हुने छ ।
यससँगै बैंकको ९० लाख २ हजार ५ सय ६६ कित्ता संस्थापक सेयर साधारणमा परिमार्जन भएको छ ।