Logo

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो एकैदिन २ नयाँ शाखा

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो एकैदिन २ नयाँ शाखा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै दिन २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा २ नयाँ शाखा कार्यालय विस्तार गरेको हो ।

सुर्यविनायक शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका हुन । यस्तै गोठाटार शाखाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरेका हुन । मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्