काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।
सम्झौतापत्र पछि बैंकका सम्पूर्ण शाखामार्फत कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सकिने भएको छ ।