Logo

प्रभु बैंकको शाखा धादिङको आरुघाटमा, शाखा संख्या १८६ पुग्यो

प्रभु बैंकको शाखा धादिङको आरुघाटमा, शाखा संख्या १८६ पुग्यो



काठमाडौं । प्रभु बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ विशालनगरमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको आरुघाट शाखाको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै थापाले भने बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा प्रदान गरेकोमा खुसी ब्यक्त गर्दै सो कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय सेवा उपलब्ध हुने बताए ।

बैंकले १ सय ८६ शाखा, १ सय ४६ एटिएम तथा २३ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्