Logo

जनता बैंक र लिडरसिप एकेडेमी बीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम प्रदान

जनता बैंक र लिडरसिप एकेडेमी बीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम प्रदान



काठमाडौ । जनता बैंक र लिडरसिप एकेडेमी नेपालबीच एक सम्झौता भएको छ । बैंकका विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न बैंक र उक्त संस्थाबीच सहकार्यका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र संस्थाका फाउण्डर अरुण राज जोशीले हस्ताक्षर गरेका हुन ।

संस्थाले अमेरिकाको राईस युनिभर्सिटी विजनेस स्कुलको उच्च स्तरीय तथा अन्तराट्रिय स्तरको सिप बिकास, व्यवसायीक दक्षता तथा नेतृत्व बिकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार बिभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ ।

यस्ता तालिम तथा सिप मुलक शिक्षा अनलाईन कोर्स, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्