काठमाडौं । प्रभु बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोलमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको सोही नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन ।
कार्यक्रमका मेयर श्रेष्ठले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गर्दै इमाडोल शाखा कार्यालयबाट सो क्षत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा सेवा उपभोग गर्ने अवसर मिल्ने बताएका छन ।
बैंकले १८५ शाखा, १४६ एटिएम २३ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।