Logo

एनआईसी एशिया र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता, बैंकका शाखाबाट बीमा सेवा

एनआईसी एशिया र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता, बैंकका शाखाबाट बीमा सेवा



काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय बीमा संस्थानबीच एक सम्झौता भएको छ । बैंकबाटै बीमा सेवा उपलब्ध गराउने गरी कम्पनी र बैंकबीच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २ सय ८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL