Logo

संचालक समितिको विवादले निरज श्रेष्ठ सनराईज बैंकको सिईओमा जान मानेनन्, राणालाई नै निमित्तको निरन्तरता

संचालक समितिको विवादले निरज श्रेष्ठ सनराईज बैंकको सिईओमा जान मानेनन्, राणालाई नै निमित्तको निरन्तरता



काठमाडौं । संचालक समितिमा विवाद बढेसँगै निरजकुमार श्रेष्ठले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जान असहमति जनाएका छन् ।

बैंक संचालक समितिको जेठ २२ गते बसेको बैंठकले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुनेगरी सिईओ पदमा नियुक्त गरेपनि उनले विशेष परिस्थितीका कारण कार्यभार सम्हाल्न नसक्ने जानकारी गराएका हुन् ।

उनले विशेष परिस्थितीका कारण कार्यभार सम्हाल्ने मिति पछि सार्न अनुरोध गरेको बैंकले जानकारी दिएको छ । बैंक संचालक समितिले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुनेगरी ४ बर्षका लागि सिईओ नियुक्त गरेको थियो । तर, संचालक समितिमा मतभिन्नत भएपनि सिईओ श्रेष्ठलाई कार्यभार सम्हाल्न नैतिक संकट परेको बैंक स्रोतले जानकारी दिएको छ ।

बैंकका तत्कालिन सिईओ रत्नराज बज्राचार्यले छाडेसँगै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले निमित्त सिईओको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । सिईओ श्रेष्ठले तत्काल कार्यभार सम्हाल्न नसक्ने जानकारी गराएपछि हालका लागि आशालाई नै निमित्त सिईओमा निरन्तरता दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्