Logo

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता, बैंकको पैसा आईएमईमार्फत भुक्तानी

मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता, बैंकको पैसा आईएमईमार्फत भुक्तानी



काठमाडौं । आइएमई पे र मुक्तिनाथ विकास बैंक बीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ ।

मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले आफ्नो खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्