Logo

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा सिरहामा, बजार प्रतिनिधिमा महतो

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा सिरहामा, बजार प्रतिनिधिमा महतो



काठमाडौं । एनआईसी एशिया बैंकले सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाइलमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखारहित बैंकिङ सेवाको धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीले उद्घाटन गरेका हुन । बैंकले प्रतिनिधिको रुपमा भने भोगि लाल महतोलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । प्रतिनिधि मार्फत सेवा पाउने भए पछि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

उक्त शाखा मार्फत विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा प्राप्त गर्न सक्नेछन । बैंकले २ सय ८४ शाखा, २ सय ८९ एटिएम, ४१ एक्स्टेन्सन काउण्टर एवं ३२ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL