Logo

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा बिस्तार, पुग्यो तनहुँ र उदयपुरमा

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा बिस्तार, पुग्यो तनहुँ र उदयपुरमा



काठमाण्डौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले तनहुँको व्यास नगरपालिका ९ गजौडे र उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

बैंकले विस्तार गरेको गजौडे शाखाको व्यास नगरपालिकाका अध्यक्ष सुरेश थापा र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरेका हुन ।

त्यस्तै जलजले शाखाको भने त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष गजेन्द्र भगत र बैंकका प्रदेश १ को प्रमुख विवेक निरौलाले संयुक्त रुपमा उद्घाटन गर्दै पोइन्ट अफ सेल (पस) मेसिन हस्तान्तरण गरेका छन ।

पस मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तरगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । विस्तारित शाखासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL