काठमाडौं । प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा विस्तार गरेको छ । बैंकले टिकापुर नगरपालिका १ स्थित टिकापुरमा शुक्रबार शाखा विस्तार गरेको हो ।
बैंकले शुक्रबार विस्तार गरेको उक्त शाखाको टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गगरेका हुन ।
रावलले कार्यक्रममा बोल्दै बैंकले उक्त क्षेत्रमा शाखा विस्तार गरी यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने पाएको भन्दै खुसी ब्यक्त गरेका छन ।
बैंकले उक्त शाखासँगै १ सय ८४ शाखा, १ सय ४६ एटिएम र २३ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दैै आईरहेको छ ।