Logo

गरिमा विकास बैंकको नयाँ शाखा पोखराको हेम्जामा, शाखा संख्या ७६ पुग्यो

गरिमा विकास बैंकको नयाँ शाखा पोखराको हेम्जामा, शाखा संख्या ७६ पुग्यो



काठमाडौं । गरिमा विकास बैंकले पोखराको हेम्जामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरपालिका वार्ड नं. २५ मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्तरुपमा गरेका हुन ।

बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL