काठमाडौं । सहयोगी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । बैंक संचालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत खड्कालाई कामु सिईओमा नियुक्त गरेको हो ।
बैंकको आईतबार बसेको बैठकले खड्कालाई कामु सिईओको जिम्मेवारी दिएको हो । यसअघि बैंकको सिईओ पदबाट विनय रिजालले राजिनामा दिएपछि रिक्त रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।
साथै बैंकको गत बुधबार बसेको बैंकको १२८ औं बैठकले बैंकका तत्कालिन सिईओ रिजालको राजीनामा स्वीकृत गरेको थियो ।