Logo

बल्खु र लमहीमा प्रभु बैंकका नयाँ शाखा, शाखा संख्या १८२ पुग्यो

बल्खु र लमहीमा प्रभु बैंकका नयाँ शाखा, शाखा संख्या १८२ पुग्यो



काठमाडौं । प्रभु बैंकले सोमबार मात्रै विभिन्न २ स्थानमा आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले विभिन्न कार्यक्रमको आयोजना गर्दै काठमाडौंको बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखा संचालनमा ल्याएको हो ।

काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहका विच उद्घाटन गरेका हुन । यस्तै दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले एक समारोहका विच उद्घाटन गरेका हुन ।

यी शाखाहरु समेत गरी बंैकले हालसम्म १ सय ८२ वटा शाखा, १ सय ४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

आजदेखि सञ्चालनमा आएका बैंकका बल्खु शाखा र लमही शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्