Logo

गरिमा विकास बैंकको शाखा चितवनको मिलनचोकमा, शाखा संख्या ७६ पुग्यो

गरिमा विकास बैंकको शाखा चितवनको मिलनचोकमा, शाखा संख्या ७६ पुग्यो



काठमाडौं । गरिमा विकास बैंकले चितवनको भरतपुर नगरपालिका २६ मिलनचोक शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको भरतपुर महानगरपालिका २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उद्घाटन गरेका हुन ।

बैंकका अध्यक्ष बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा शाखा विस्तार हुनु र थप शाखाहरु खोल्न प्रेरित भैरहेको बताएका छन । बैंकले ७६ शाखा ३३ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले केही समयमानै देशका अन्य भागमा थप १५ शाखा विस्तार गर्ने भएको छ ।

बैंकले आर्थिक बर्ष २०७५÷७६ को तेश्रो त्रैमासको अन्तसम्ममा ३० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गर्न सफल भएको छ । उक्त अवधिसम्ममा बैंकले ६६ करोड ६० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL