Logo

प्रभु बैंकको शाखा साँफेबगरमा, सर्वसाधरणलाई आधुनिक बैंकिङ सेवा

प्रभु बैंकको शाखा साँफेबगरमा, सर्वसाधरणलाई आधुनिक बैंकिङ सेवा



काठमाडौं । प्रभु बैंकले अछामको साँफेबगर नगरपालिका ३ मा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले उद्घाटन गरेका छन ।

बैंकले सो क्षेत्रमा शाखा विस्तार गरी सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा आधुनिक बैंकिङ सेवा दिन लागेकोमा खुसी ब्यक्त गरेका छन ।

आजदेखि सञ्चालनमा आएको बैंकको उक्त शाखामार्फत स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकको विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्