Logo

एनआईसी एशियाले गर्याे ३ बैंकसँग सम्झौता, बैंकका ग्राहकलाई सेवामा छुट

एनआईसी एशियाले गर्याे ३ बैंकसँग सम्झौता, बैंकका ग्राहकलाई सेवामा छुट



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ३ अस्पतालसँग सम्झौता गरेको छ । बैंकले मंगलबार विभिन्न कार्यक्रमका बीच ग्रिनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंका बीच सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई उक्त अस्पतालहरुको उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट दिईने भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले ग्रिनसिटी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रिनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौता पत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गरेका हुन ।

उक्त सम्पूर्ण सम्झौतापत्रहरुमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL